सोलुखुम्बु : सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ सल्यानमा झाडापखला तथा जन्डिसका बिरामी बढेका छन् । साविक सल्यान गा.वि.स.को वडा नम्बर १ र ३ का करिब ४० जना भन्दा बढीमा उक्त रोग देखिएको वडा अध्यक्ष भेषकुमार बास्तोलाले जानकारी दिनुभयो ।
वडा अध्यक्ष बास्तोलाका अनुसार एकै वरिवारका ४ जना सम्म बिरामी परेका छन् । झाडापखला मात्र नभई आउँ समेत रहेको अनुमान गरिएपनि ल्याब परीक्षणबाट एक्कीन हुने अध्यक्ष बास्तोलाको भनाई छ ।
“साविक वडा नम्बर १ को चौतारा नेवार बस्तीका करिब २५ जनामा झाडापखला र साविक वडा नम्बर ३ का करिब २० जनामा जन्डिस देखिएको छ ।” अध्यक्ष बास्तोलाले भन्नुभयो,“हिजोमात्रै स्वास्थ्यकर्मी सहितको टोली गएर त्यस क्षेत्रको बास्तबीकता बुझ्दा बिरामीको संख्या बढीरहेको पाईयो ।”
एक हप्तादेखि बिरामीको संख्या अप्रत्यासित रुपमा बढ्दै गएपछि जिल्लाबाट चिकित्सक सहितको टोली शुक्रबार त्यहाँ पुगेको छ । सरुवा रोग तिब्र गतिमा फैलिएकाले जिल्ला अस्पताल फाप्लुबाट चिकित्सक सहितको टोली सल्यान पुगेको जिल्ला स्वास्थ्य कार्यलय सोलुखुम्बुका निमित्त प्रमुख कर्मचन्द्र राजबंशीले जानकारी दिनुभयो ।
जिल्ला अस्पताल फाप्लुका डाक्टर, गाउँपालिकाका स्वास्थ्यकर्मी सबै त्यस क्षेत्रमा परिचालन गरिएको गाउँपालिकाले जनाएको छ । उक्त टोलमा प्रयोग हुदै आएको पानीको मुहान दुषित भएकाले नै बिरामी परेको हुन सक्ने अनुमान गरिएको छ ।
त्य
स क्षेत्रका नागरिकले प्रयोग गर्ने तीन वटा खानेपानीको मुहान मध्ये एउटा मुहान फोहोर रहेको पाईएको वडा अध्यक्ष बास्तोलाको भनाई छ । तीनवटै मुहानको पानी परीक्षणको तयारी भईरहेकाले खानेपानी या अन्य कुनै कारणले यो रोग फैलिएको बारे अहिलेनै भन्न नसकिने अध्यक्ष बास्तोलाले बताउँनुभयो ।
“दैनिक रुपमा ३ देखि ४ जनामा जन्डीस देखा परेको छ ।” प्राथामिक स्वास्थ्य केन्द्र सल्यानका मेडिकल अधिकृत डाक्टर अविशेक सुमनले भन्नुभयो, “हालसम्म बिरामीको सख्या बढेर ४० जनाभन्दा बढि पुगिसेको छ ।” डाक्टर सुमनका अनुसार उनीहरुलाई घरैमा गएर उपचार गरिएको छ भने ल्याब परीक्षणको लागि प्राथमीक केन्द्रमा बोलाईएको छ ।
बिरामी सबैको अबस्था सामान्य रहेकाले तत्काल नियन्त्रण बाहिर नरहेतापनि कोरोना भाईरसको जोखीम रहेको बेला केही समस्या भएको चिकित्सकको भनाई छ ।
मौसम परिवर्तनको बेला विभिन्न किसिमका रोग लाग्ने भएकाले सचेत रहन चिकित्सकले सबैलाई आग्रह गरेका छन् । विश्वले सामाना गरिरहेकोे कोभिड १९ को जोखीम संग अन्य रोग समेत बढ्न सक्ने भएकाले सरकारले यस तर्फ पनि ध्यान दिनुपर्ने डाक्टर अविशेक सुमनको भनाई छ । कोरोनामा केन्द्रित हुँदा अन्य रोगले महामारीको रुप लिन सक्ने तर्पm सबै सचेत हुनुपर्ने उहाँले बताउँनुभयो ।







