सोताङका मिलनको सल्यक्रिया सफल, परिवार भन्छन्- सांसदहरु भगुवान बनेर आउनुभयो

सोलुखुम्बु :  जिल्लाका प्रतिनिधि सभा सदस्य हेमकुमार राई र प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी सहितको टोलि विभिन्न स्थानीय तहले व्यवस्थापन गरेको क्वारेनटाईन र आईसोलेसन वार्डको निरिक्षणमा निस्कियो । निरिक्षणकै क्रममा आईतबार प्राथमीक स्वास्थ्य केन्द्र सोताङमा पुगेको टोलीलाई अर्को छुट्टै जिम्मेवारी पनि थपियो ।

केही दिन अघि प्राथमीक स्वास्थ्य केन्द्रमा उपचारको लागि आएका सोही गाउँपालिका ५ का एक युवकको थप उपचार गर्नुपर्ने अवस्था सृजना भएपछि परिवार अत्तालिएका थिए । कारण हो लक डाउन । २५ बर्षिय मिलन राईको टाउँकोमा पानी जमेकाले तत्काल सल्यक्रिया गर्नुपर्ने चिकित्सकले सुझाव दिएपछि परिवारमा खैलाबैला मच्चिएको हो । त्यही बेला सांसद सहितको टोलि पुगेको अवसरमा समस्या दर्शाएपछि सांसदद्धोयले काठमान्डौ पठाउँने व्यवस्था मिलाएको बिरामीका बहिनि जमुना राईले बताउँनुभयो ।

उहाँका अनुसार सांसदद्धायले सोताङ देखी काठमान्डौ सम्म लैजाने वातावरण संगै आर्थिक समेत सहयोग समेत गरेका छन् । टाउँकोमा पानी जमेर अप्रेसन गर्नुपर्ने चिकित्सकको सुझाव अनुसार उनलाई आइतबार साँझ एम्बुलेन्स मार्फत काठमाडौ लगिएको थियो ।

“लकडाउनका कारण सबै तिर बन्द रहेको समयमा सांसदको पहल र सहयोग नभएको भए मेरो दाईको अकालमै ज्यान जाने थियो ।” जमुनाले भन्नुभयो, “प्राथमिक स्वास्थ्य केन्द्रमा व्यवस्थापन गरिएको क्वारेनटाईन र आईसोलेसन वार्डको निरिक्षणमा सांसद आउनुनै हाम्रो लागि जिवनकै महत्वपुर्ण अबिश्मरणिय क्षण बन्यो ।”

थप उपचारको संभावना नदेखेका परिवारले मिलनलाई बचाउन सकिन्छ भन्ने नसोचेको बताउँछन् । “सिकिस्त बिरामी दाईको ज्यान बचाउन सांसदले गर्नुभएको सहयोग हामी कहिल्यै भुल्दैनौ ।” जमुनाले भन्नुभयो, “सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिन्छौ ।”
जिल्ला प्रशसन कार्यालय सहितका निकाय संग आवश्यक समन्वय गरि काठमाडौको ग्रीनसिटि अस्पतालमा थप उपचारको लागि पठाउँन सफल भएको सांसद हेमकुमार राई (शुरबीर)को भनाई छ ।

गाउँबस्तीमा भएको समस्या बुझ्दै जनेक्रममा सोताङका युवकको ज्यान बचाउन सफल भएको अर्का प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीको भनाई छ । बिषय परिस्थीतिमा नागरिकको जिउधनको रक्षा गर्नुनै जनप्रतिनिधिको कर्तव्य भएको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार