विदेश आउने सबैलाई क्वारेन्टाइनमा राख्न सकिन्दैन :  महानिर्देशक श्रेष्ठ

काठमाडौं : सरकारले स्वतन्त्र रुपमा विदेश आउने सबैलाई क्वारेन्टाइनमा राख्न नसकिने बताएको छ । कोरोना भइरसका सन्दर्भमा स्वास्थ्य विज्ञ र पत्रकारहरुबीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको अन्तरक्रियामा स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रकुमार श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले विशेष परिस्थित र संक्रमित क्षेत्रबाहेकबाट आउने सबैलाई क्वारेन्टाइन गर्न नसकिने बताउनुभएको हो । ‘

‘स्पेशल कण्डिसनको छ भने क्वारेन्टाइन गर्छौ । एकदमै संक्रमित भएको ठाउँमा छ भने हामी ल्याएर क्वारेन्टाइन गर्छौँ । त्यो हामीले व्यवस्था गरेका छौँ र प्रदेश प्रदेशमा गरेका छौँ । तर आम मान्छे जो स्वतन्त्र रुपमा आउँछ सबै देशैलाई त क्वारेन्टाइन गर्न सम्भव छैन् । त्यस्तो मान्छेहरुलाई होम क्वारेन्टाइन्मा बस्नुस भनेका छौँ । उहाँहरु आफु घरमा बस्नुप¥यो । छुट्टै बस्नुहोस् । मास्क लगाएर बसिदिनुहोस् । आफुले खाएको भाँडाकुँडा आफैले सफा गरेर छुट्टै राख्नुहोस् । केही समयसम्म अर्काको कोठामा नजानुहोस । भनेर हामीले उहाँहरुलाई भनेको त्यो भनेको होम क्वारेन्टाइन हो । संसारभरी नै त्यही प्राक्टिस छ ।

दक्षिण कोरियाबाट सबै भन्दा बढी थ्रेट रहेको र त्यस विषयमा अध्ययन भइरहेको उहाँले बताउनुभयो । बढी शंकास्पद व्यक्तिलाई भने अस्पताल लगिने उहाँले बताउनुभयो । क्वारेन्टाइन गर्नुपर्ने विशेष छ भने क्वारेन्टाइन स्थल अहिले पनि सरकारको मातहत नै रहेको उहाँले बताउनुभयो । महानिर्देशक श्रेष्ठले संकास्पद सबैलाई विमानस्थलमा परीक्षण गर्ने गरिएको बताउनुभएको छ । नेपाल भारत सीमा क्षेत्रका ४१ वटा नाकामा हेल्थ डेस्क स्थापना गरिएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार