काठमाडौं : मनोरञ्जनात्मक शैली र बजारको वास्तबिक मागको भाव बोकेको” तिम्रै माया “बोलको गीत सार्बजनिक भएको छ । यो गित युटुब च्यानलबाट भिडियोसहित सार्वजनिक भएको हो । लोक राईको शब्द रहेको गीतमा संगीत संयोजन बाबु गिरीले गरेका छन । यसमा स्वर पनि गिरीलेनै दिएका छन ।
यस गीतमा फुर्वा पाख्रिन तामाङ र नरेस बिसिले कोरस भोकलमा साथ दिएका छन । ए प्लस रेकडिङ्ग स्टुडियोमा साजन शाहले मिक्सीङ गरेका छन । भिमफेदी गुरुपको भिडियोमा गायक गीरी आफ्नै र अलिशा शर्माको अभिनय देख्न सकिन्छ, भने पवन सुस्लीङले भिडियो छायांकन गरेका छन ।
लोकप्रिय संगीत योग्य यस सृर्जनाको निर्माता भने तिर्थ राई रहेका छन । सोही गीत मार्फत बाबुल गीरीले आफ्नो अभिनय कलालाई समेत बलियो ढङ्गबाट प्रस्तुत गरेको देखिन्छ । गीतले एक प्रेमी र प्रेमिका बिचको मायाको विषयलाई समेटेको छ । सार्बजनिक भएको केही समयमै गीतको लोकप्रियता बढेको पाइएको छ ।







