काठमाडौं – कामदार पठाउने प्रक्रिया बन्द भएर डेढ वर्षपछि मलेसिया खुलेपछि संस्थागत रुपमा ७ हजार युवाले श्रम स्वीकृति लिएका छन्। २ महिनामा मलेसियाको श्रम स्वीकृति लिनेको संख्यामा शतप्रतिशतले बृद्धि भएको खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।
भदौमा २ देशबीच भएको छलफलपछि संस्थागत रुपमा माग खुला गरिएको थियो। कात्तिक र मंसिरमा मात्रै सात हजार २५ जनाले मलेसिया जान श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ।







