प्रतिनिधिसभा सदस्यका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र २ मा नेकपा उम्मेदवार विद्या भट्टराई २४ हजार ३ सय ९४ मत ल्याइ विजयी भएकी छिन् ।
उनले ८ हजार ४ सय ३ मतान्तरले विजयी भएकी हुन् । कांग्रेस उम्मेदवार खेमराज पौडेलले कुल १५ हजार ९ सय ९१ मत ल्याए।
यस्तै समाजवादी पार्टीका उम्मेदवार धर्माराज गुरुङले १९ सय २२, राप्रपाका उम्मेदवार राेमबहादुर भण्डारीले १ हजार १ सय ५३, साझा पार्टीकी उम्मेदवार रजनी केसीले ९ सय ४२ मत प्राप्त गरेकी छिन् ।
पोखरा महानगरपालिकाका ११ वटा वडा समेटिएको निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता थिए। त्यसमध्ये ४५ हजार ५ सय ६३ मत खसेको थियो।