लिम्पयाधुरा, कालपानी नेपालकै हो भन्ने प्रमाण छ : सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले लिम्पयाधुरा, कालपानी नेपालकै हो भन्ने यथेष्ट प्रमाण भएको बताउनुभएको छ । बिहीवार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले लिम्पियाधुराको कालापनी लगायतका भुभागको जनगणनाका साथै लालपूर्जा समेत रहेकोले कुटनीतिक वार्ताको माध्यमबाट समस्या समाधान गरिने बताउनुभएको हो ।

तथ्यको आधारमा सत्य पत्ता लाग्ने हुँदा सरकारले कुटनैतिक र राजनीतिक वार्ताको माध्मबाट समस्याको समाधान गर्ने बताउनुभएको हो । हतारमा निर्णयगर्ने भन्दापनि आवश्यक प्रमाण जुटाएर नेपाली भु-भाग फिर्ता ल्याएरै छाड्ने दाबी गर्नुभएको हो ।

मन्त्रीपरिषद्का निर्णयहरु सावर्जनिक गर्दै मन्त्री बास्कोटाले नेपाल–भारत पारवहन सन्धि पुनरावलोकनसम्बन्धी सहसचिवस्तिरीय बैठकका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा १० सदस्यीय वार्ता टोली गठन गर्ने र भूमि सम्बन्धी एकीकृत विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार