१३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी अन्तिम चरणमा (फोटो फिचर)

लिलामाया ठटाल-

काठमाडौं : आगामी मंसिर १५ देखि सुरु हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग को तयारी अन्तिम चरणमा पुगेको छ । सुरुवाती दुई बर्ष पुनर्निमाणले गतिले लिन सकेन ।

साग आयोजनाको बाध्यताका बीच पछिल्ला वर्षमा पुनर्निमाणले गति लिएको हो । २०७२ सालको विनाशकारी भूकम्पले रंगशाला क्षतविक्षत भएपछि मैदान प्रवेश नपाएका खेलाडीले करीब साढे चार वर्षपछि रंगशालामा प्रवेश गर्न पाएका छन ।

खेलाडीले एकमात्र अन्तर्रा्ष्ट्रिय दशरथ रंगशालामा निर्माण कार्य अन्तिम चरणमा पुगेका बेला नेपाली पुरुष फुटबल टिम चार वर्षपछि पहिलो पटक मैदान प्रवेश गरेको हो ।

घरेलु मैदानमा एसियाली खेलकुदको कुम्भमेला १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना हुन ६ दिनअघि मात्र खेलाडीले मैदानमा प्रवेश पाए । साग) अन्तरगत पुरुष फुटबलमा भारत सहभागी नहुने भएको छ । नेपाली प्रशिक्षक बालगोपाल महर्जन भने जुन टोली भएपनि आफूहरुले राम्रो फुटबल खेल्नेमा विश्वस्त रहेको बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार