भारतको नयाँ नसक्समा नेपालको लिपुलेक र कालापानी पनि, सरोकारवालाको आपत्ती

काठमान्डौ : भारत सरकारले हालै सार्वजानिक गरेको तस्बीरमा नेपालको लिपुलेक र कालापानी क्षेत्रलाई भारतमा राखेपछि सरोकारवालाले चासो व्यक्त गरेका छन् । भारत सरकारले जम्बु–कस्मिरलाई केन्द्र शासित प्रदेश बनाएपछि नयाँ नक्सा जारी गरेको हो ।

जारी गरिएको उक्त नक्सामा नेपालको कालापानी र लिपुलेक समेत भारत क्षेत्रमानै राख्दै नेपालको नक्सा समावेश गरिएको छ । मंगल राज्यव्यवस्था तथा शुसान समितिले चासो व्यक्त गरेको छ भने यसको व्यापक बिरोध भईरहेको छ । समितिको मंगलबार सम्पन्न बैठकले चाडै सम्बद्ध सरोकारवालालाई बोलाएर छलफल गर्ने तयारी गरेको समिति सचिवालयले जनाएको छ । छलफलका लागि परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, भुमि व्यवस्था, नापी विभाग लगाएतलाई बोलाउने तयारी गरिएको समिति सदस्य पम्फा भुसालले जानकारी दिनुभयो ।

भारतले सार्वजानिक गरेको नक्साप्रति नेपाली काग्रेस, राप्रपा नेपाल, नेमकिपाले पनि यस बिषयमा आपत्ती जनाउँदै विरोध गरेका छन् । उनीहरुले सकारको ध्यानकर्षण समेत गराएका छन् । कुटनितिक तबरले यसको समाधान गर्नुपर्ने भन्दै विभिन्न सामाजिक सञ्जालमार्फत सर्वसाधरणले समेत कडा दवाव दिईरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार