सबै जिल्लाका अस्पतालमा चिकित्सकको व्यवस्था हुन्छ : मुख्य मन्त्री राई

धनकुटा : विभिन्न जिल्ला अस्पतालमा चिकित्सक अभाव सम्बन्धि खबर बाहिर आईरहेको बेला प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जिल्लाका अस्पतालमा चिकित्सकको व्यवस्था यही वर्ष गरिने बताउँनुभएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालय एवं स्वास्थ्य निर्देशनालय धनकुुटाद्वारा मंगलबार आयोजित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले जनतालाई सहज स्वास्थ्यसेवा पहुँचका लागि करारमा चिकित्सक नियुक्तिको प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले स्वस्थ नागरिकबाट नै समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा हुने बताउँदै आगामी नीति तथा बजेटमा नागरिक स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी जनप्रतिनिधि र दक्ष कर्मचारीबाट स्वास्थ्य सेवा प्रदान गर्ने धारणा व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री राईले सरकारी स्वास्थ्य संस्थालाई आवश्यक पर्ने आधुनिक प्रविधि सम्बन्धमा तथ्याङ्क सङ्कलन गर्न निर्देशन दिँदै भौतिक पूर्वाधार, आधुनिक उपकरण, दक्षजनशक्ति, सर्वसुलभ औषधि सहज गरिने बताउँनुभयो ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले सरकारी चिकित्सक काम छाडेर निजी क्षेत्रमा काम गर्नेलाई दण्डित गरिने बताउँदै परिणाम शून्य हुने स्वास्थ्य शिविरको अनुगमन गरी विधि र प्रक्रियाअनुसार सञ्चालन गरिने बताउँनुभयो । उनले न्यूनतम सुविधा उपलब्ध नगराउने निजी स्वास्थ्य संस्थामा अव ताला लगाउने भन्दै ट्रष्टको नाममा व्यापार गर्ने एम्बुलेन्स सेवाको विकृति अन्त्य गर्ने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार