थुलुङदुधकोशीमा एक महिला बेबारिसे अवस्थामा भेटियो, आफन्तलाई खबर गरिदिन आग्रह

सोलुखुम्बु : थुलुङदुधकोशी गाउँपालिका १ नेलेको एक ओडारमा ओखलढुंगा ठेगाना बताउँने महिला भेटिएकि छिन् । बेबारिसे अवस्थामा अन्दाजी ५० बर्षिया चन्द्र कला राई नाम बताउँने ती महिलालाई धनेश्वर भिरको ओडारमा भेटिएको हो ।

स्थानीय धनकुमारी बस्नेतका अनुसार विगत २ दिन देखि सो ओडारमा महिलालाई देखिएको थियो । आफू जगंलमा घासँ काट्न जाने क्रममा महिलालाई देखेकोे उनको भनाई छ ।

मानसिक सन्तुलन गुमाएको जस्तो देखिने ति महिलाले बाबुको नाम सार्कीधन र आमाको नाम असारमाया राई बताउने गरेको मुना खड्काले बताईन् । ठेगाना समेत राम्रोसगँ बताउन नसक्ने र छिनछिनमा कुरा फेरिरहने ति महिला हाल स्थानिय धनकुमारी बस्नेतको घरमा रहेको बताइएको छ । महिलालाई चिन्ने जोकोहीले ९८१६०६७४३४ मा सम्पर्क गर्न पनि धनकुमारी बस्नेतले आग्रह गरेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार