महरा सरबाट कुनै दुव्र्यबहादुर भएको छैन : रोशनी, (भिडियो सहित)

काठमाडौं : सभामुख कृष्णबहादुर महरामाथि यौन दुव्र्यवहार आरोप लगाएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले एक दिनमै कुरा फेरेकी छन् । आइतवार राति सभामुख महराले कोठैमा आएर जबरजस्ती यौन दुर्व्यवहार गरेको आरोपसहितको समाचार सार्वजनिक भएको २४ घण्टा नबित्दै घटनामा ट्वीस्ट आएको हो ।

यो प्रकरणमा गम्भीर नैतिक संकट परेपछि महराले सभामुख पदबाट राजीनामा दिएको केही घण्टापछि रोशनीले सञ्चारकर्मीहरुसँग कुरा गर्दै आइतवार राति आफ्नो कोठामा कोही पनि नआएको दाबी गरेकी छन् । ‘महरा सर मेरो बुवा जस्तो मान्छे बुवाको उमेरको मान्छे, मलाई उहाँले त्यही किसिमको व्यवहार पनि गर्नुभएको छ । बुवा जस्तो मान्छेबाट छोरीमाथि त्यस्तो काम हुने म कल्पना पनि गर्न सक्दिनँ’, उनले मंगलबार भनेकी छन्, ‘कर्मचारी समायोजनका क्रममा आफुले भनेको ठाउँमा जान नपाउँदा मैले केही रिस पोखेकी हुँ ।

आवेशमा आएर मैले गलत आरोप पनि लगाएकी हुँ तर महरा सरबाट ममाथि त्यस्तो कुनै दुर्व्यवहार भएको छैन ।’ रोशनीले मंगलबार साँझ नागरिकखबर अनलाइनसँग दिएको भिडियो अन्तरवार्तामा पनि आफूमाथि महराबाट त्यस्तो कुनै दुव्र्यवहार नभएको दोहोर्याएकी छन् । ‘आइतवार साँझ मेरो कोठामा कोही पनि आएको छैन’, उनले भनेकी छन्, ‘महरा सरसँग भेट नभएको पनि लामो समय भइसकेको छ । संसद सचिवालयमा रक्तचाप जाँच गर्दा देख भेट हुने हो ।

अहिले त उहाँसँग भेट नभएको धेरै भइसक्यो ।’ उनले सभामुख महरालाई बुवासरहको मान्छे भन्दै रिसको झोँकमा लगाएको आरोपप्रति पश्चताप गरेकी छन् । ‘कर्मचारी समायोजनका क्रममा भनेको ठाउँमा जान नपाउँदा मलाई धेरै रिस उठेको थियो । तर उहाँले मलाई फोन गरेर चिन्ता नगर म मिलाउँछु भन्नु भएको हो’, उनले भनिन्, ‘तर उहाँले एउटा आशयले गरेको फोनलाई पत्रकारहरुले पनि बंग्याएर लेखिदिएछन् ।’ शाहीले आफू आठ वर्षदेखि डिप्रेसनको औषधि पनि खाइरहेको खुलासा गरेकी छन् । उनी डिप्रेसनमा गएपछि लामो समय अस्पतालमै बसेर उपचार पनि गरेकी थिइन् । अहिले पनि आफुले डिप्रेसनको नियमित औषधि लिइरहेको उनले बताएकी छन् ।
https://youtu.be/jgAAbGKepJI
thahakhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार