थुलुङदुधकोशीको सबै वडामा स्वास्थ्य पहुँच, स्थानीय हर्षित

सोलुखुम्बु : थुलुङदुधकोशी गाउँपालिकाको सम्पुर्ण वडामा स्वस्थ्य सेवाको पहुँच पुगेको छ । वडा नम्बर ७ मा स्थापना भएको स्वास्थ्य इकाईको सोमबार उद्घाटन गरेसंगै ९ वटै वडामा स्वास्थ्य सेवाको पहुँच पुगेको हो ।

साविक ७ वटा गाविस मिलेर बनेको गाउँपालिकामा ९ वटा वडा रहेको छ । साविक जुुबु गाविसलाई गाउँपालिकाको वडा नम्बर ४ र ५ बनाईएको थियो भने साविक देउसा ७ र ८ गरि दुईवटा वडामा विभाजन भएको थियो । स्वास्थ्य संस्था नभएको दुईवटै वडामा इकाई स्थापना गर्न सफल भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । देउसा स्वास्थ्य इकाइको सोमबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष असिम राईलेनै उद्घाटन गरेका हुन् ।

राज्य पुनः संरचना पछि २ वडामा विभाजन भएको देउसामा स्वाथ्य चौकी नहुँदा सेवा प्रवाहमा समस्या भएको स्थानीयले बताउँदै आएका थिए । सबै जनतालाई सहज स्वाथ्य सेवा प्रवाह गर्न गाउँपालिकाको प्रयास सफल भएको अध्यक्ष राईको भनाई छ । स्वास्थ्य इकाईमा हाल करारमा पदपुर्ति गरि सेवा प्रदान गरेको गाउँपालिकाले स्वास्थ्य मन्त्रालयमा स्वीकृत दर्वन्दि समेत यस अघिनै माग गरिसकेको छ । गाउँपालिकाको माग अनुसार दर्वन्दि समेत स्वीकृत भएको स्वास्थ्य मन्त्रिका सचिवालय सदस्य लाक्पा शेर्पाले जानकारी दिए । गत वर्ष तीन वटा वडामा स्वास्थ्य इकाईको लागि दर्वन्दि प्रदान गरेको मन्त्रालयले यस बर्ष थुलुङदुधकोशीमा समेत दर्वन्दि थप गर्ने निर्णय भएको शेर्पाको भनाई छ ।


सावि देउसा गाविसको कार्यालय बुडिडाँडामा सम्म पुग्न दुई घण्टा सम्मको पैदल हिड्नुपर्ने साविक वडा नम्बर ९, ४, ५ र ६ का स्थानीयले नजिकै सेवा पाउँने भएपछि खुसी व्यक्त गरेका छन् । गाउँपालिका अध्यक्षको बिशेष पहलमा वडामा स्वास्थ्य इकाई स्थापना भएको प्रति स्थानीय कमला राईले खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरिन् । “सामान्य चेकजाँचको लागि घण्टौ हिड्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।” उनले भनिन्,“हामीलाई स्थानीय सरकार आएको आभाष भएको छ ।” कार्यक्रमको अवसरमा वडाबासीले गाउँपालिका अध्यक्ष असिम राईलाई खादा, माला सहित सम्मान समेत गरेका छन् ।

साथै सोहि अवसरमा देउसा माविको लागि ४ कोठे आर सिसि भवनको समेत शिलन्यास गरिएको छ । विद्यालय भवनको पनि गाउँपालिका अध्यक्ष असिम राईले शिलान्यास गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार