काठमान्डौ : यस वर्षको मनसुन दशैंसम्म नै यथावत रहने मौसम बिदको भनाई छ । दशैँसम्मनै मनसुन यथावत रहनेभएपछि यस बर्षको दर्श हिले दशै हुने अनुमान गरिन्छ ।
यस वर्षको दशैं असोज १२ देखि सुरु हुँदैछ । असोज १२ गते घटनास्थापना र २१ गते टीका परेको छ । तर, यस वर्षको दशैं गतिविधिलाई मौसमले प्रभाव पार्ने मौसम विद मिनकुमार अर्यालको भनाई छ । अर्यालका अनुसार ‘मनसुन बाहिरिन अझै एक साता बढी लाग्ने भएकाले दशैंको सुरुवाती दिनमा वर्षा हुने छ ।’ दशैंको विशेषता घमाइलो मौसम भए पनि यस वर्ष त्यस्तो रौनकता नहुने अनुमान मौसमविदको छ ।