थुलुङदुधकोशीमा कपडाको झोलामा अनुदान, प्लाष्टिक र सिसाको बोतल पुर्ण प्रतिबन्द

सरिता राई

सोलुखुम्बु : थुलुङदुधकोशी गाउपालिकाले प्लाष्टिक तथा सिसाजन्य सामाग्रीमा प्रतिबन्द लगाउने घोषणा गरेको छ । “सफा सुन्दर हराभरा गाउँ, हामी सबैको सान प्लाष्टिक र सिसाजन्य पालिका थुलुङ दुधकोशी गाउँपालिकाको अभियान” भन्ने नारा सहित उक्त आयत निर्यातमा प्रतिबन्द लगाउँने गाउँपालिकाले जनाएको छ ।

गाउपालिका अध्यक्ष असिम राई्का अनुसार मंसिर देखि लागु हुने गरि भर्खरै सम्पन्न गाउँकार्यपालिकाले निर्णय गरेको छ । प्लाष्टिक र सिसाको बोतल प्रतिबन्द गरेको गाउँपाकिाले कपडाको झोला अनुदानमा दिने समेत निर्णय गरेको छ । यसको प्रभाबकारी कार्यन्वयनका लागी सबैलाई गाउँपालिकाले अनुरोध समेत गरेको छ ।
सबैतीर सफा सग्गर बनाउँदै बातावरण मैत्री गाउँपालिका निर्माणमा अगाडी बढेको प्रमुख प्रशासकिय अधिकृत अबिलाल राईले बताउँनुभयो । प्लाष्टिक र सिसाजन्य बस्तुले वरपरको वातारण प्रदुशित पार्ने देखी जलबायु परिवर्तनमा समेत नराम्रो असर पारीरहेको अवस्थामा यो निर्णय आवश्यक रहेको उनको भनाई छ ।
सोलुखुम्बुको अधिकांश गाउँपालिकाले यो निर्याय कार्यन्वयन गर्ने जनाएका छन् । जिल्लाको नेचा सल्यान, खुम्बुपासाङल्हमु, महाकुलुङ गाउँपालिकामा मसेत प्लाष्टिक र सिसाजन्य बस्तुमा प्रतिबन्द गर्ने यस अघिनै निर्णय गरेको छ । यस्तै एक मात्र सोलुदुधकुण्ड नगरपालिकाले समेत यसमा निक्कै कडाई गरिरहेको ।
सोलुखुम्बु जिल्ला सगरमाथाको समेत जिल्ला भएकाले यहाँको बातवरण सफा राख्नुपर्ने थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले बताए । पर्यटकिय जिल्ला भएकाले सरसफाईमा नेपाल सरकार देखी सिङ्गो स्थानीयको साथ सहयोग र संलग्नता हुनुपर्ने अध्यक्ष राईको भनाइृ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार