बाढीले विद्युतको पाइप मात्र होईन पुल समेत बगायो, सामन ढुवानीमा समस्या ।

सरिता राई
सोलुखुम्बु : जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिका २ मा रहेको सुर्के खोलामा आएको बाढीले फलामे पुल बगाउँदा आवतजावतमा समस्या भएको छ । बिहिबार बेलुका अबिरल बर्षापछि आएको बाढीले पुल बगाउँदा आवातजावत ठप्प बनेको हो ।
पर्यटकिय सिजन समेत भएकाले यात्रुको चाप बढी भएपछि प्रहरी र स्थानीयले फड्के पुल बनाएर सामान्यरुपमा आवतजात सुचारु गरेका छन् । तर खच्चड र घोडाको लागि पुर्णरुपमा आवगमन बन्द भएको स्थानीय याङ्जी शेर्पाले जानकारी दिइन् । यति बेला दैनिक खरिखोलाबाट सयौ विदेशी तथा स्वदेशी पर्यटक सुर्के हुदै लुक्ला जान्छन् । पर्यटकको लागि आवश्यक खाद्यन्नको सामान तथा लत्ताकपडा समेत खच्चड र घोडाको प्रयोग गरि ढुवानी गरिन्छ । सडकको पहुँच नभएका कारण त्यस क्षेत्रमा सामान ढुवानीका लागि भरपर्दो साधन खच्चड, घोडानै हो । तर तीनै खच्चड र घोडा हिडाउन नसक्ने भएपछि थप समस्या भएको स्थानीयले बताएका छन् । खुम्बु क्षेत्रका लागि समेत खच्चडको प्रयोग गरि सामान ढुवानी गरिन्छ । तर बाटो अबरुद्ध भएपछि समस्या हुने लुक्लाका व्यवसायी फिन्जो शेर्पाले बताए । शेर्पाले स्थानीय तहलाई तत्कालै बैकल्पिक व्यवस्था गर्न समेत माग गरे ।
५० घरधुरी अन्धकारमा ।
बाढिले सोही स्थानको सुर्केखोला पेल्ट्रीकसेटको पाईप र ट्याङ्की समेत बगाएको छ । बाढीले विद्युतको पाईप र ट्याकिं बागाउदा ५० घरमा बिद्युत आपुर्ती बन्द भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक उत्तम कार्कीले जानकारी दिए । विद्युत अवरुद्ध हुँदा मोवाईल चार्ज गर्न देखी रेडियो टेलिभिजन समेत हेर्न नपाएको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार