काठमाडौं– पत्रकार शालिकराम पुडासैनी आ त्मह त्या प्रकरणमा प्रहरी हि रासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछाने पत्नी निकिता पौडेलले पनि प्रहरीमा जा-हेरी दिन पुगेकी छिन् ।
प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आ त्मह त्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरु द्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर जा हेरी दिन पुगेकी हुन् ।
मुलुकी अप राध संहिता २०७४ को दफा २७६ र ७७ अनुसार जाहेरी दर्ता गर्न लागेकाे निकिता पौडेलको अधिवक्ता राजेन्द्र सेढाईले जानकारी दिए ।
पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृ त फेला परेका थिए ।
उनलाई आ त्मह त्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्रा उ अनुसन्धान गरिरहेको छ।