वाइसीएल सोलुखुम्बु जिल्ला इन्चार्जको जिम्मेवारी रस्बिन मगरलाई

सोलुखुम्बु : वाइसीएल नेपाल सोलुखुम्बु जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रीय सचिवालय सदस्य रस्बिन मगरलाई दिइएको छ । केन्द्रीय समितिको निर्णय अनुसार मगरलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको हो ।

वाइसीएल नेपाल सोलुखुम्बुका पुर्व संयोजक समेत रहनुभएका मगरले पार्टीको नीति र विधिलाई कार्यान्वयनमा सहयोग गर्दै जनवर्गीय संगठनलाई मजबुद बनाउने बताउनुभयो । माओवादी निकट युवा संगठन वाइसीएल केन्द्रीय समितिको निर्णयानुसार खोटाङमा किसान राई र ओखल्ढुङ्गामा राम्जी तामाङलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार