सोलुखुम्बुः जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामै राष्ट्रिय परिचयपत्र बन्ने भएको छ । बुधबार बसेको कार्यपालिका बैठकले राष्ट्रिय परिचयपत्र कार्य स्टेसन सञ्चालन गर्ने निर्णय गरेसंगै पालिकामा राष्ट्रिय परिचयपत्र बन्ने भएको हो ।
पालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बुधबार बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । वडा नम्बर ७ का वडा अध्यक्ष समेत रहनुभएका प्रवक्ता कार्कीका अनुसार राष्ट्रिय परिचयपत्र विवरण संकलन तथा वितरणको कार्य पालिकाबाट गर्ने गरि प्रक्रिया अघि बढाउने निर्णय गरिएको हो ।
यस अघि तयार भएको राष्ट्रिय परिचयपत्र अहिले गाउँपालिकाबाटनै वितरण भैरहेको छ । अब देखि विवरण संकलनको कार्य समेत गाउँपालिकाबाट नै हुनेभएपछी यहाँका स्थानीय नागरिकलाई सहज हुनेभएको छ ।







