थुलुङ दुधकोशीमा  एकैदिन पाँच वटा आयोजनाको  उद्धघाटन

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु :  सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा  एकैदिन पाँच वटा आयोजनाको  उद्धघाटन गरिएको छ । मंगलबार गाउँपालिका अध्यक्ष असिम राई विद्यालय भवन देखि सडकसम्मको आयोजनाको एकैसाथ उद्धघाटन गर्नुभएको हो । गाउँपालिकाको वडा नम्बर– ४ स्थित जनकल्याण माध्यमिक विद्यालय जुबुको ४ कोठे भवनको उद्धघाटन गरिएको छ ।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाको ७० लाख ४० हजार लागतमा निमार्ण गरिएको ४ कोठे आरसीसी भवनको उद्धघाटन गरिएको गाउँपालिका प्रवक्ता भुपालसिङ राईले जानकारी दिनुभयो । त्यस्तै,वडा नम्बर ५ मा रहेको सगरमाथा आधारभुत विद्यालयको नवनिर्मित भवन र थुलुङ दुधकोशी गाउँपालिका ४ राम्चे बर्घुघाट हुँदै पालिका जोड्ने सडकको  समेत उद्धघाटन गरिएको छ ।  हिमालयन माध्यमिक विद्यालय लुहारेको चार कोठे पक्की भवन र योङ ब्राइट स्टार क्लवको भवनको एकैदिन उद्धघाटन गरिएको हो ।

विद्यालयको भवन उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दे गाउँपालिका अध्यक्ष असिम राईले  शिक्षाको क्षेत्रमा पालिका जिल्ला कै नमुना भएको दाबी गर्नुभएकाे छ । विकासको निमार्ण गर्ने आधार शिक्षा भएकाले शिक्षा क्षेत्रलाई बलियो बनाउने किसिमका पुर्वाधार  निमार्णमा पालिका अग्रसर रहेको बताउँनुभयो । कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी  तथा स्थानीयको सहभागी रहेको प्रवक्ता राईले बताउँनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार