सोलुखुम्बु : रिड नेपालले सोलुखुम्बुको ६ वटा विद्यालयमा आइतबार एकै दिन अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय सुधारमा आभिभावकको भूमिका, आफ्ना नानी बाबु प्रति अभिभावाकको भूमिका, लैंगिक समानता सामाजिक समावेशीकरण, बाल सुरक्षा लगायतका विषयमा अभिभावकहरुलाई अभिमुखीकरण गरिएको रिड नेपालले जनाएको छ ।
रीड नेपालको आयोजना तथा स्थानीय तह शिक्षा शाखाको समन्वयमा गरिएको कार्यक्रममा सोलुखुम्बुको दुधकुण्ड हिमालय आधारभुत विद्यालय फाप्लुका ५७ जना, थुलुङ दुधकोशी गाउपालिकको कांगेल आधारभुत बिद्यालयका ३० जनाको सहभागिता रहेको थियो ।
त्यस्तै, नेचासल्यान गाउँपालिका सहितका नरनाथ आधारभुत विद्यालयका २६ जना, सोताङ गाउँपाकिाका लिढुंगा आधारभुत विद्यालयका ३५ जना, लिखुपिके गाउँपालिका हिमगङ्गा माध्यमिक विद्यालयका २० जना, माप्या दुधकोशीको काँकु माध्यामिक विद्यालयका २० जना गरि १ सय ८८ जना अभिभावकहरुले सहभागिता रहेको रिड नेपालका केशब गिरीले जानकारी दिनुभयो
गत सातादेखी सुरुभएको कार्यक्रम चैत्र १५ गतेसम्म गरि सोलुखुम्बुका १०० विद्यालयमा संचालन हुनेछ भने कक्षा इसिडीदेखी ३ सम्म अध्ययन गर्ने विद्यार्थीका अभिभावकहरुलाई एकिकृत पाठ्यक्रमलाई कार्यन्वयन तथा प्रभावकारी बनाउने उदेश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।







