सोलुखुम्बु : सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारीको रुपमा १६ महिना अघि जिल्ला आउनुभएका गणेश बिक्रम शाहीले आफ्नो कार्यकालमा ४५ वटा उल्लेखनिय कार्य गरेको बताउँनुभएको छ । बुधबार जिल्लाबाट जान लाग्नुभएका शाहीले मंगलर आयोजना गरिएको बिदाई कार्यक्रममा आफ्नो कार्यकालमा गरेका महत्वपुर्ण कार्यको प्रगतिप्रविदेन समेत प्रस्तुत गर्नुभएको छ ।
यसरी प्रमुख जिल्ला अधिकारीले विदाई हुनेबेला आफुले गरेको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेको पहिलो हो । जिल्लामा रहदा निकै लोकप्रियता कमाउनुका साथै कुशल प्रशासकको छवि बनाउन सफल शाही २०७७ साल कात्तिक ५ गते सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारीको रुपमा हाजिर हुनुभएको थियो ।
जिल्लामा आएपछि सबैभन्दा बढी कार्यालय व्यवस्थापन तथा कार्य वातावरण सुधारमा कार्यालयको प्रशासनिक भवन मर्मत देखि रंगरोगन लागायत २० वटा नयाँ उल्लेखनिय कार्य गरेको उहाँको भनाई छ । यस्तै शान्ति सुरक्षा र अपराध नियन्त्रणमा ८, सेवा प्रवाह, सुशासन र पारदर्शिता कायम सम्बन्धि कार्यालयी समयको कुनै वास्ता नगरि राति अबेर सम्म सेवाप्रवाह सहित ९ वटा महत्वपुर्ण काम गरेको उहाँको भनाई छ । यस्तै, लागु औषध नियन्त्रणमा ३, विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन(कोभिड १९)समेत १० वटा उल्लेखनिय कार्य गरेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, विकास निर्माणको काममा समन्वय तथा सहजिकरणको क्षेत्रमा लामो समयसम्म अवरुद्ध भएको सोलु करिडोर १३२ केभि प्रशारण लाईनमा देखिएको समस्या समाधानमा सहजिकरण गरि बाँकी काम सम्पन्न गर्ने लगायत ५ वटा कार्य गरेको बताइएको छ ।
मन्त्रालयको नियमित सरुवा प्रक्रिया अनुसार जानुहुने प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीलाई कार्यक्रमको आयोजना गरि विदाई गरिएको छ । पत्रकार महासंघ, सोलु एफ.एम. र विभिन्न कार्यालयका प्रमुखले छुट्टाछुट्टै समयमा कार्यक्रमको आयोजना गरि विदाई गरेका हुन् । यस्तै अन्य व्यवसायी तथा स्थानीयले समेत प्रशासन कार्यालयमा पुगेर विदाई गरेका छन् ।
१६ महिने कार्याकाल पुरा गरि सरुवा जानुहुने प्रमुख जिल्ला अधिकारी शाहीलाई आगामी दिनमा सफलताको शुभकामना दिदै नेपाल पत्रकार महासंघ सोलुखुम्बुका कार्यावहाक अध्यक्ष भोजराज कार्की, सोलु एफ.एम सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठ तथा विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिले विदाई गरेका हुन् । उक्त विदाई कार्यक्रममा बोल्ने सबैले प्रमुख जिल्ला अधिकारीको रुपमा रहँदा कुशल प्रशासकको भुमिका निर्वाह गर्दै जिल्लामा स्मरण योग्य कार्यगरेको भनि प्रशंसा गरे ।
केही महत्वपुर्ण कार्यहरु .jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)









