सोलुदुधकुण्ड नगरपालिकाले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : जिल्लाकाे सोलुदुधकुण्ड नगरपालिकाले विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको विद्यालय सोमबार देखि भौतिक उपस्थितिमा सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।

२१ गते बसेको शिक्षा शाखाको बैठकले सोमबार देखि भौतिक उपस्थितिमा नै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्दे सबै विद्यालयमा अध्ययन अध्यापन कार्य सञ्चालन गर्ने गरि निर्णय भएको शिक्षा सुपरिवेक्षक गोपाल राज भुजेलले जानकारी दिनुभयो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सूचना अनुसार माघ ३ गते देखि नगरपालिका भित्रका विद्यालय बन्द गरिएको थियो । थुलुङ दुधकोशी गाउँपालिकाले गत १० गतेबाट विद्यालय सञ्चालन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार