थुलुङदुधकोशीमा नेराकसंको अधिवेशन, विशालको अध्यक्षमा २९ सदस्य समिति

सोलुखुम्बु ; नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती थुलुङ दुधकोशी गाउँपालिकाको अध्यक्षमा बिशाल बाबु (लिफाङ)राई चयन हुनुभएको छ । आज सम्पन्न प्रथम सम्मेलनबाट राईको अध्यक्षतामा २९ सदस्य कार्यसमिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा शरण कुमार राई, सचिवमा नवीन कुमार भारती, सहसचिवमा धर्म कृष्ण कोईराला र कोषध्यक्षमा रेडिना विष्ट सर्वसहमत चयन हुनुभएको नेपाल राष्ट्रिय कर्मचारी संगठन जिल्ल्ला कार्यसमिति सचिव तिलक बहादुर राईले जानकारी दिनुभयो ।

कार्यसमिति सदस्य काशीराज कार्कीको अध्यक्षतामा थुलुङ दुधकोशी गाउँपालिकाको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

यस्तै कालिबहादुर राउतको संयोजकत्वमा तीन सदस्य सल्लाहकार समिति समेत गठन गरिएको छ । जसको सदस्यमा प्रेम बहादुर तामाङ र काँशीराज कार्की रहनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार