काठमाडौं : भारतमा कोरोना भाइरस संक्रमण बढेसंगै नेपालमा पनि त्रास बढेको छ । दोस्रो लहर नियन्त्रणमा नआउदै तेस्रो लहर फैलिन थालेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना संक्रमणका विरामी बढ्ना थालेका छन् ।
करिव एक साता अघि संक्रमित भएर अस्पताल जाने कम थिए । तर, अहिले अस्पतालमा हुने संक्रमितको संख्या विस्तारै बढ्न थालेको हो ।
अस्पतालको इमरजेन्सीमा हाल दैनिक तीनदेखि चार जनासम्म विरामीहरु भर्नाका लागि पुग्ने गरेको अस्पतालले जनाएको छ । हाल देखिएको ओमिक्रोन भेरियन्ट डेल्टाजस्तो खतरनाक नदेखिएको सरुवा रोग विशेषज्ञ शेर बहादुर पुनले बताउनु भएको छ । उहाँले हाल फैलने दर धेरै देखिएपनि गम्भीर खालका बिरामीहरु भने निकै कम रहेको बताउनु भयो ।







