काठमाडौं: आज सिसिएमसीले गरेका निर्णय अदुरदर्शी छन् । सीसीएमसीले गरेको निर्णयप्रति विज्ञहरु असन्तुष्टि भएका छन् । आइतबार सीसीएमसीले माघ १५ गतेसम्म स्कुल बन्द गर्ने र सार्वजनिक स्थानमा प्रवेश गर्दा खोप नलगाएका व्यक्तिहरुलाई रोक लगाउने निर्णय गरेसंगै जनस्वस्थ्य विज्ञ रविन्द्र पाण्डेले असन्तृष्टि जनाएको हो । उहाँले फेसबुकमा लेख्नु भएको छ ।
१ आज सिसिएमसीले गरेका निर्णय अदुरदर्शी छन् । माघ १५ सम्म स्कुल बन्द गर्ने । कुन आधारमा माघ १५ सम्म गर्ने , अनि कलेज माघभर गरेको भए धेरै बिद्यार्थी गाउँ जान पाउंथे माघको अन्त्यमा संक्रमण उच्चविन्दुतर्फ यात्रारत हुन्छ ।
२, सार्वजनिक कार्यालय, होटल तथा रेष्टुरेन्ट, सिनेमा हल, रंगशालामा प्रवेश आदिमा खोप कार्ड देखाएर मात्र प्रवेश पाउने , के सरकारले सबैलाई खोप लगाइदिएको छ । अहिले खोप लगाएकाबाट खोप लगाएकालाई नै संक्रमण सरिरहेको छ ।काठमाडौं
यो निर्णयको पनि प्रभावकारिता छैन । कमसेकम ज्ञान, बिज्ञान र प्रज्ञान भएका बिज्ञहरुको सल्लाह लिएको भए संक्रमणको चेन तोड्ने योजना ल्याउन सकिन्थ्यो ।







