काठमाडौं : भेरि अस्पतालमा नेपालगन्जको क्वार्टरमा एकै परिवारका ४ जना मृत अवस्थामा फेला परेका छन् । क्वार्टरमा बस्र्दै आएका २३ वर्षीय धर्मप्रसाद भट्टराईसहित ४ जना मृत अवस्थामा फेला परेका हुन् ।
अन्य तीन जना बेहोस अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चिसोबाट बच्न भट्टराई परिवारले क्वार्टरमा कोइला बालेर आगो तापेका थिए । धुँवाले निसास्सिएर भेरी अस्पतालमा कार्यालय धनप्रसाद भट्टराई, धनप्रसादकी आमा कोकिला, दिदी नन्दकली र उनका तीन महिनाको छोरा इप्सन भट्टराईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो ।
बेहोस अवस्थामा रहेका नरेन्द्रप्रसाद भट्टराईसहित अन्य ३ जनाको भेरी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बिहीबार भट्टराईका आफन्तहरु आएका थिए । उनीहरु एउटै कोठामा सुतेका थिए ।







