थप ६७९ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ६७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०७० पीसीआर परीक्षणमा ५७४ र ३८५० एन्टिजेन परीक्षणमा १०५ जना गरी ६७९ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर एक हजार ४०५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको छ। देशभर १६ हजार ८०४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १५ हजार ५३४ होम आइसोलेसनमा रहेका छन्।

संस्थागत आइसोलेसनमा एक हजार २७० संक्रमित छन् भने ३३७ जना आइसियुमा र १०४ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २५२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार