थप ८३४ जनामा कोरोना संक्रमण,९ जनाको मृत्यु

काठमाडौं :पछिल्लो २४ घण्टामा देशभर ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा गरिएको १३ हजार ७३६ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ८३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

मन्त्रालयका अनुसार आठ हजार ५८९ जनाको पिअिसार परीक्षण गर्दा ७३० र पाँच हजार १४७ जनाको एन्टीजेन परीक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टि भएको हो। देशभर १९ हजार १४२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १७ हजार ८१३ होम आइसोलेसनमा रहेका छन्।

संस्थागत आइसोलेसनमा एक हजार ३२९ संक्रमित छन् भने ३६८ जना आइसियुमा र १२० जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २३० जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।आज देशभर एक हजार २७९ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा नौ जना संक्रमितको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार