काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको १० हजार १३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ७३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सात हजार ३०४ जनाको पिअिसार परीक्षण गर्दा ६५६ र दुई हजार ७०९ जनाको एन्टीजेन परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको हो । देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये २२ हजार ८६४ होम आइसोलेसनमा रहेका छन्।
संस्थागत आइसोलेसनमा एक हजार ४४९ संक्रमित छन् भने ३९० जना आइसियुमा र ११७ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २४८ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज देशभर एक हजार ४१३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १० एक जना संक्रमितको मृत्यु भएको छ।







