काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ ।अपरान्ह ५ बजे बंगलादेशसँग घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाली टाेलीले प्रतिस्पर्धा गर्नेछ ।
उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ। बिहीबार भएको पहिलो खेलमा नेपालले २-१ को जित निकालेको थियो ।
छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ। उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ। नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ (असोज २) मा हुनेछ।







