साफ च्याम्पियनसिप : पहिलो खेल नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने

काठमाडौं : साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । आगामी अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुने साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल आयोजकसँग खेल्ने अखिल नेपाल फुटबल एन्फाले जनाएको छ । सहभागी पाँच राष्ट्रबीच राउण्ड रोविनमा खेल हुनेछ र शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ ।

फाइनल खेल अक्टोबर १३ मा हुनेछ । सबै खेल मालेस्थित नेशनल फुटबल स्टेडियममा हुनेछ । नेपालले साफका लागि अहिले पोखरामा प्रशिक्षण गरिरहेको छ । नेपालले अक्टोबर ३ मा श्रीलंकासँग, अक्टोबर ८ मा भारतसँग र अक्टोबर १० मा बंगलादेशसँग खेल्नेछ ।

साफ अघि नेपालले दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाल अहिलेसम्म साफको फाइनल पुग्न सकेको छैन । साफको १३ औं संस्करणमा नेपाल, भारत, माल्दिभ्स,श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार