काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १९ हजार १२३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार २१७ जनाको पिअिसार परीक्षण गर्दा ३ हजार १९४ र र ५ हजार ९०६ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ७१० जनामा संक्रमण पुष्टि भएको हो । देशभर ३७ हजार ३३२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३३ हजार ९८५ होम आइसोलेसनमा रहेका छन्।
संस्थागत आइसोलेसनमा ३ हजार ३४७ भने ७६१ जना आइसियुमा र १८१ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर ३८१ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।आज देशभर २ हजार ११५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ३५ जना संक्रमितको मृत्यु भएको छ। यो सँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार १५० पुगेको छ ।







