मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट

काठमाडौं : मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधरणमा निष्काशन गरेका आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निश्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले मंगलबार बाँडफाँट गरेको हो ।

कम्पनीले कुल सात लाख ३६ हजार २८६ कित्ता आईपीओ जारी गरेको हो । साउन १४ उक्त बिक्री खुला भएको आईपीओ सर्वसाधरणका लागि ६ लाख ८४ हजार ७४६ कित्ता छुट्याइएको थियो ।

प्रतिकित्ता एक सय रुपैयाँ अङ्कति कुल सात करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको सात लाख ३६ हजार २८६ कित्ता आइपिओ निष्कासनको लागि असार २३ गते धितो पत्र बोर्डबाट अनुमति पाएको थियो ।

कम्पनीका अनुसार आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन गरेका थिए ।  जसमध्ये २ हजार ८४३ जनाको आवेदन रद्द भएको थियो। स्वीकृत आवेदनमध्ये ६८ हजार ४७४ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ। जसमध्ये ६ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ता सेयर हात पारेका छन् ।

आईपीओको नजिता बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेवसाइट, मैलुङ खोलाको वेभसाइट, सिडिएससीको आईपीओ हेर्ने वेभसाइटमेरो शेयर गरी चार स्थानबाट हेर्न सकिन्छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार