थप ३६५१ जना संक्रमण थपिए , २२ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ६ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसरा देशभर गत २४ घण्टामा १६ हजार ५९४ जनाको नमुना परीक्षण गरिएकोमा ३६ सय ५१ जनामा कोरोना पुष्टि भएको हो ।

१७ सय ८४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। २४ घण्टामा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै मृत्युहुनेको संख्या १० हजार ११५ पुगेको छ । हाल देशभर ३६ हजार २८८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यीमध्ये ३२ हजार ९०७ जना होम आइसोलेसनमा छन् भने ३ हजार ३८१ जना मात्र संस्थागत आइसोलेसनमा रहेका छन्। उता आइसीयूमा उपचार गराउने संक्रमितको संख्या ७४१ रहेको छ । यसैगरी १८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार