थप ३ हजार ९३८ जनामा कोरोना संक्रमण, ३७ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ९३८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १८ हजार ४०८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३ हजार ९३८ जना संक्रमित थपिएका हुन ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८७० जनाको पिअिसार परीक्षण गर्दा ३ हजार ७ र ६ हजार ५३८ जनाको एन्टीजेन परीक्षण गर्दा ९३१ जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर २ हजार १२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३७ जना संक्रमितको मृत्यु भएको छ। योसंगै ९ हजार ९९४ जना पुगेको छ ।

देशभर ३४ हजार ४२२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३१ हजार १०८ होम आइसोलेसनमा रहेका छन्। भने ७१३ जना आइसियुमा र १५८ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर ३७५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार