झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ। भारतको अपोलो अस्पतालमा उपचाररत नेता खनालको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको उहाँको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

डा सन्दीप गुलेरिया नेतृत्वमा रहेको टिमले खनालको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको भट्टराईले बताउनु भयो । । अब केही समय खनाल अस्पतालमै रहने र आराम भए पश्चात नेपाल फर्किने उहाँले जानकारी दिनु भयो ।

खनाल गत असार २ गते अस्पताल भर्ना भएका थिए । खनालको दुवै मिर्गौलामा समस्या थियो । ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि काठमाडौं‌को नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारका लागि दिल्ली लगिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार