काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप २८ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो समय देशभर फेरि संक्रमित बढ्न थालेको तथ्यांकले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८९२ जनामा संक्रमण पुष्टि भएको हो ।
यसअघि मंगलबार २६३६ जनामा संक्रमण पुष्टि भएको थियो । जबकी सो दिन ११ हजार ७४८ जनाको परीक्षण भएको थियो । ११ हजार ५६८ जनामा परीक्षण भएको मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । यस्तै सोही अवधिमा ३ हजार ५९७ जना निको भएको मन्त्रालयले जनाएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ३८ हजार ८०५ ९पीसीआर० र ३४ हजार ९४४ ९एन्टिजेन० जना पुगेको छ । यस्तै निको हुने संख्या ५ लाख ९६ हजार १३२ पुगेको छ भने मृतकको संख्या ९ हजार ११२ पुगेको छ। छिल्लो दिनमा नेपालमा कोरोना संक्रमण पुनः बढ्न थालेको छ।
पछिल्ला दिनमा संक्रमणदर २६ दशमलब ३ प्रतिशत पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले नेपालमा ४ जनामा परीक्षण गर्दा एक जनामा कोरोना पुष्टि भइरहेको बताउनु भएको छ । उहाँले जोखिम कम नभएकाले स्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न आग्रह गर्नु भएको छ ।







