थप २४७४ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर १२ हजार २३२ जनामा परीक्षण गर्दा २ हजार ४ सय ७४ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ६ लाख २९ हजार ४३१ पुगेको छ । यसैगरी एन्टिजेन विधिबाट परीक्षण गर्दा थप २९ हजार ९३४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यहीवीच पछिल्लो २४ घण्टामा २५ सय १८ जना संक्रमणमुक्त भएका छन्। यसैगरी गत २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ८ हजार ९१८ पुगेको छ । हाल देशभर ४९ हजार ५५५ जना सक्रिय संक्रमित रहेका छन्। नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९० दशमलब ७ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार