सोलुखुम्बुको थुलुङदुधकोशीमा पाँच संक्रमित थपिए

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : जिल्लाको थुलुङदुधकोशी गाउँपालिकामा थप पाँच जनामा संक्रमण पुष्टि भएको छ । गाउँपालिकाले आज १४ जनाको एनिटजेन परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

गाउँपालिका स्वास्थ्य शाखा सह–संयोजक बिशाल बाबु राईका अनुसार तीन महिला र दुई पुरुषमा संक्रमण भएको पाइएको छ । संक्रमित हुनेहरुमा वडा नम्बर १ नेले र वडा नम्बर ६ मुक्लीका पुरुष छन् भने वडा नम्बर ३ पञ्चन, वडा नम्बर ६ मुक्ली र वडा नम्बर ७ देउसाका महिला रहेका छन् ।

उनीहरु मध्ये चार जनाको स्वास्थ्य अवस्था सामान्य रहेकाले होम आइसोलेसनमा राखिएको छ भने वडा नम्बर ७ की महिलालाई अस्थायी कोभिड अस्पतालमा राखेर उपचार थालिएको सह–संयोजक राईले सोलु एफ.एम.लाई जानकारी दिनुभयो । यो संगै गाउँपालिकाभित्र १५ जना संक्रिय संक्रमित रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार