चिनले उपलब्ध गराएको आठ लाख डोज खोप नेपाल आईपुग्यो

  नेपालन्यूजसाईट समाचारदाता

काठमाडौं : चीन सरकारले अनुदानमा उपलब्ध गराएको खोप नेपाल आइपुगेको छ । नेपाल एयरलायन्सको विमान आठ लाख डोज खोप लिएर मंगलबार दिउँसो नेपाल आएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रह पछि चिनियाँ समकक्षी सी जिनपिङले तत्काल १० लाख डोज खोप उपलब्ध गराउने बताउँनुभएको थियो ।

यसैगरी, तिब्बतले प्रदान गर्ने २ लाखमध्ये १ लाख डोज खोप हिमालयन एयरलाइन्सको विमानले आजै ल्याउने बताइएको छ।

अहिले ल्याइएको खोप ६० देखि ६५ वर्ष उमेर समूहलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार