विदुर बस्नेत-
सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका–६ ले प्राकृतिक स्रोतको उत्खनन गर्ने संपूर्ण व्यबसायिलाई राजस्वको दायरामा आउन अनुरोध गरेको छ । वडा कार्यालयले एक सूचना जारि गर्दै प्राकृतिक स्रोतको अनुचित उत्खनन र दोहन नियन्त्रणका गर्न तथा राजस्वको दायरामा आउन व्यबसायि तथा सरोकारवाला समक्ष आग्रह गरेको हो ।
वडा क्षेत्र बनाई बग्ने दुधकोशी नदी तथा शिखोलामा ढुंगा, गिटी, बालुवा लगायत अन्य प्राकृतिक स्रोतको मापदण्ड विपरित उत्खनन भैरहेको र राजस्वसमेत दाखिला नभएको भन्दै जेठ २५ गतेभित्र राजश्व बुझाउन भनिएको वडा अध्यक्ष फुर्तिमान तामाङले बताउँनुभयो ।
गाउँपालिकाबाट निर्धारण गरिएको राजश्व नबुझाउँनेलाई कानुन अनुसार कार्वाही गरिने अध्यक्ष तामाङको भनाई छ ।







