सोताङ गाउँपालिका : सात दिनभित्र योजना तथा बजेट पेश गर्न आग्रह

  नेपालन्यूजसाईट समाचारदाता

विदुर बस्नेत –
सोलुखुम्बु : जिल्लाको सोताङ गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९को बजेट निर्माणको प्रक्रिया अघि बढाएको छ । जसको लागि विषयगत समिति, शाखा र वडा समितिलाई ७ दिनभित्र योजना छनौट गरि आवश्यक अनुमानित बजेट पेश गर्न गाउँपालिकाले आह्वान गरेको हो ।

आज गाउपालिका अध्यक्ष वीरबहादुर राईको अध्यक्षतामा बसेको गाउँकार्यपालिका बैठकले नीति तथा कार्यक्रम सहित प्रस्तावित योजना पेश गर्न आह्वान गरेको छ ।

यस्तै गाउ कार्यपालिकाको बैठकले लैंगिक हिंसा निवारण कोष कार्यविधि–२०७८ पारित गर्नुको साथै, वडा नं. ५ को गोर्खिमको भल निकास गर्न मर्मत संभार शिर्षकबाट रु.५० हजार र राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता संचालन गर्दा अपुग रकम रु.५८ हजार २४५ चालु विविध खर्चबाट भुक्तानी दिनेसमेत निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार