ओखलढुंगामा थप दुई जना कोरोना संक्रमितको मृत्यु

  नेपालन्यूजसाईट समाचारदाता

ओखलढुंगा : ओखलढुंगामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका अनुसार सामुदायिक अस्पतालमा उपचारका क्रममा उनीहरुको शनिबार मृत्यु भएको हो ।

मृत्यु हुनेमा खिजीदेम्बामा गाउँपालिका वडा नं ५ र सिद्धिचरण नगरपालिका वडा नं ६ का १/१ जना पुरुष रहेका छन् । यो संगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार