काठमाडौं : नेपाल सरकराले वृद्ध भत्ता बढाएर ४ हजार पुर्यएको छ । सिंहदरबारबाट आज आर्थिक वर्ष २०७८र७९ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताउँनुभएको हो ।
तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले ७५ वर्ष पुरा भएका वृद्धवृद्धाका लागि मासिक एक सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता घोषणा गर्नुभएको थियो । उक्त कार्यलाई सबै सरकराले निरन्तरता दिदै आएका छन् ।
अहिले ७० वर्ष उमेर पुगेका वृद्धवृद्धालाई मासिक भत्ता दिने गरिन्छ । २०६० सालमा अधिकारीले नै वृद्धभत्ता वृद्धि गरि मासिक १७५ रुपैयाँ पुर्याउनुभएको थियो भने २०६५ सालमा बाबुराम भट्टराईले मासिक ५ सय रुपैयाँ पुर्याउँनुभएका थियो ।
२०७१ सालमा कांग्रेसका अर्थमन्त्री डा। रामशरण महतले १ हजार पुृर्याएको भत्ता २०७२ सालमा तत्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक हजार रुपैयाँ वृद्धिगरि मासिक दुई हजार पुर्याउनुभएको थियो । यस्तै २०७६ सालमा डा. युवराज खतिवडाले मासिक तीन हजार पुर्याएको भत्ता बढाउँदै अर्थ मन्त्री विष्णु पौडेलले चार हजार पुर्याएको छ







