देशभर थप ७६६४ जना संक्रमित निको भए,७ हजार ९१४ जनामा संक्रमण पुष्टि

काठमाडौं : आज देशभर ७ हजार ६६४ जना ‌ कोरोना संक्रमित निको भएका स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।

हालसम्म ३ लाख ९१ हजार ३४८ जना संक्रमित भई निको भइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ९६५ जनाको पिसिआर र ९३१ जनाको एन्टीजेन परीक्षणमा ७ हजार ९१४ जनामा संक्रमण भेटिएको हो।

पिसिआर विधिबाट ७ हजार ५९८ र एन्टीजेन विधिबाट ३१६ जना संक्रमित पुष्टि भएका हुन्। यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १९३ जना संक्रमितको मृत्यु भएको छ। देशभर ८७३ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतवारको तथ्यांकअनुसार ७ हजार ३ सय ४९ संक्रमित संस्थागत आइसोलनमा रहँदा १ लाख ८ हजार १ सय ९८ जना होम आइसोलेसनमा रहेका छन् । काठमाडौमा १ हजार ७६१, ललितपुरमा ६९४ र भक्तपुरमा ३६६ जना संक्रमित थपिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार