एजेन्सी : कोरोना संक्रमितको उपचारमा खटिने क्रममा कोरोना संक्रमण कारण निधन भएका परिवारलाई एक करोड भारु क्षतिपूर्ति स्वरुप दिने दिल्ली सरकारले घोषणा गरेको छ ।
दिल्लीका मुख्यमन्त्री अरवीन्द केजरीवालले आइतबार पत्रकार सम्मेलन मार्फत यस्तो घोषणा गर्नुभएको हो । उहाँले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआएको दिल्लीमा लकडाउन फेरि एक हप्ताका लागि थप भएको बताउनु भएको छ । दिल्लीका मुख्यमन्त्री केजरीवालले मे ३१ बिहान ५ बजेसम्मका लागि लकडाउन थप भएको घोषणा गर्नु भएको छ । उहाँले दिल्लीमा लकडाउनले राम्रो प्रभाव पारेको बताउनु भएको छ ।
लकडाउनकै कारण संक्रमणदर ३६ प्रतिशतबाट २.५ प्रतिशतमा आएको दाबी समेत गर्नु भएकोे छ । अवस्था सुधार भए पनि कोरोनासँगको युद्ध जित्न बाँकी नै रहेको र त्यसका लागि अनुशासन कायम गर्नु पर्ने उहाँले बताउनु भयो । यसैबिच केजरीवालले दिल्लीमा कोरोना भाइरसविरुद्धको खोपको अभाव रहेको पुनः दोहो¥याउनु भयो ।
दिल्लीमा खोप अभावकै कारण १८ देखि ४४ वर्षका मानिसलाई खोप दिने अभियान अहिले बन्द छ। यसअघि केजरीवालले केन्द्र सरकारसँग दिल्लीका लागि पर्याप्त खोप उपलब्ध गराउन अपील गर्नु भ्एको थियो ।







