काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ८३०५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुना परीक्षण गर्दा ८३०५ जनामा संक्रमण थपिएका हुन ।
यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ । योमध्ये १ लाख ८ हजार ३८ होम आइसोलसेसनमा छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ५ हजार ८४७ जना पुगैको छ ।
संस्थागत आइसोलेसनमा ७ हजार ८१४ जना संक्रमित छन् भने यसमध्य १७४८ जना आईसीयूमा छन्, । ४९२ जनालाई भेल्टिलेटर सपोर्ट दिइएको छ । मन्त्रालयका अनुसार हालसम्म ४ लाख ८८ हजार ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ६५४३ जना संक्रमणमुक्त भएका छन् ।योसंगै ३ लाख ६६ हजार ९४६ जना संक्रमणमुक्त भएका छन् ।







