काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार १७३ जनालाई कोरोना संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर र एन्टीजेन एन्टीजेन विधिबाट १०९ जना गरी ८ हजार १७३ जनामा संक्रमण थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २४६ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ५ हजार ६५७ जना संक्रमितको मृत्यु भएको छ। आज देशभर ७ हजार ९८९ जना संक्रमित निको भएका छन्। देशभर ८५४ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।







