काठमाडौं उपत्यकामा ३ हजार ९८ जना संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँमा २३४६ जना, भक्तपुरमा २९८ जना र ललितपुरमा ४५४ जना कोरोना संक्रमितपुष्टि भएको जनाएको छ ।

काठमाडौंमा सक्रिय संक्रमितको संख्या ३० हजार ४५२, भक्तपुरमा १० हजार ८०३ र ललितपुरमा ७ हजार ६१ जना रहेका छन् । काठमाडौंमा अस्पतालमा कोरोना संक्रमित बिरामीको संख्या १ हजार ८२५ रहेको छ । जसमध्ये १८५ जना आईसीयूमा र १०५ जना भेन्टिलेटरमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार